चितवन । सरकारले कोरोना भाइरस राकथामका लागि लागू गरेको लकडाउन उल्लंघन गर्ने २३६ सवारीलाई शुक्रबार चितवन प्रहरीले कारबाही गरेको छ ।

आज १८औँ दिनको लडकाउन उल्लंघन गर्ने २०८ मोटरसाइकल, २५ स्कुटर, २ अटो र एक माइक्रोलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ ।

कारबाहीमा परेका २०८ मोटरसाइकलमध्ये ८६ वटाको चाबी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

सरकारले चैत ११ गतेदेखि देश लकडाउन गरेको हो । कारबाहीमा परेका सवारीहरुलाई सम्झाइ बुझाइ गरी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कने सर्तमा साँझ ८ बजेपछिमात्रै छाडिएको प्रनाउ कोइरालाले बताए ।

शुक्रबार कोही पनि पैदलयात्रीले लकडाउन उल्लंघन नगरेको उनले बताए ।

तपाईको प्रतिक्रिया