चितवन । चितवनमा शनिबार लकडाउन उल्लंघन गर्ने १६३ सवारीलाई कारबाही गरिएको छ । १९औँ दिनको लडकाउन उल्लंघन गर्ने ४६ मोटरसाइकल, १० स्कुटर, १ कार र २१ थान साइकल तथा ८५ थान मोटरसाइकलको चाबी जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन एवं मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन तथा माताहतसमेतले विभिन्न स्थानबाट विभिन्न होल्डिङ स्थानहरूमा होल्डमा राखी बेलुकी ७ः३० बजेदेखि क्रमैसँग छाडिएको प्रहरीले जनाएको छ ।
यस्तै, चार व्यक्तिलाई होल्ड कारबाही गरी आवश्यक छानबिनपश्चात सम्झाइ बुझाइ अतिआवश्यक कामबाहेक लकडाउन अवधिभर अटेरीगरी घरबाहिर नहिँड्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ ।












