चितवन । कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन लकडाउन उल्लंघन गर्ने ९ व्यक्तिसहित ८० सवारीलाई आइतबार चितवन प्रहरीले होल्ड कारबाही गरेको छ ।

आज २०औँ दिनको लकडाउन उल्लंघन गर्ने ९ पुरुषसहित ५९ मोटरसाइकल, १८ स्कुटर, एक अटो र दुई साइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

होल्ड कारबाहीमा परेका मोटरसाइकलमध्ये १९ वटाको भने चाबी नियन्त्रणमा लिइएको हो ।

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने उनीहरुलाई आवश्यक सम्झाइ बुझाइ गरी साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया