चितवन । नयाँ वर्षको पहिलो दिन अर्थात् आज सोमबार चितवनमा लकडाउन उल्लंघन गर्ने ३५ व्यक्ति र ११५ सवारी साधनलाई होल्ड कारबाही गरिएको छ ।

आज २१औँ दिनको लकडाउन उल्लंघन गर्ने ३२ पुरुष र ३ महिलासहित ८० मोटरसाइकल, १७ स्कुटर, २ कार र १६ साइकललाई नियन्त्रणमा लिएर होल्ड कारबाही गरिएको प्रहरीले जनाएको छ ।

होल्ड गराएपश्चात उनीहरुलाई सम्झाइबुझाइ गरी लकडाउन उल्लंघन नगर्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए ।

कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन वैशाख ३ गते सकिँदै छ । सरकारले लकडाउनको अवधि कम्तीमा वैशाख १० गतेसम्म थप गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया