चितवन । रत्नननगर १० स्थित साई स्वर्णिम टोलमा नयाँ वर्षको उपलक्ष्यमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित तथा ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरिएको छ ।
टोलका उपाध्यक्ष शिव न्यौपानेले महामारीको यो विषम परिस्थितिमा भौतिकरुपमा सामाजिक दूरी कायम गरी भावनात्मक एकता राख्दै सारा नेपाली एक भई परिस्थितिको सामना गर्नुपर्ने विचार व्इक्त गर्दै मैनबत्ती बालेर कार्यक्रमको सुरुवात गरेका छन् ।
टोलको बीच सडकमा नेपालको नक्सा, राष्ट्रिय झण्डा, नयाँ वर्ष २०७७ को शुभकामना तथा कोभिड १९ गो अ वे भनेर चित्रण गरिएको थियो ।















