धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको छ । उनी दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए । विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।
आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।
भारत र तेस्रो मुलुकबाट आउनेहरूलाई सबै गाउँपालिकामा र्यापिड टेस्ट सुरु गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ ।
मंगलबारमात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो ।











