काभ्रे । काभ्रेका दुई युवामा पनि कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड टेष्टमा काभ्रेका बेथानचोक गाउँपालिका र मण्डन देउपुर नगरपालिकाका दुई युवामा पोजेटिभ देखिएको हो ।

उनीहरुमध्ये एकजना दुवई र अर्का भारतबाट आएका थिए । दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

बेथान्थोक गाउँपालिका वडा नं ५ का २८ वर्षीय युवालाई आरडिटी परिक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी चैत ९ गते भारतबाट नेपाल फर्किएका थिए ।

पहिलो परीक्षणमा उनलाई संक्रमण देखिए पनि दोश्रो परीक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । द्रुत परीक्षणमा भएको कीटले उनमा संक्रमण देखाएको हो । बेथान्चोक गाउँपालिमा २२ जना चैत १ गतेपछि फर्किएका मानिस छन् ।

त्यस्तै, मण्डन देउपुर नगरपालिका वडा नं ३ नयाँगाउँका २३ वर्षीय युवामा द्रुतगतिको आरडिटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी चैत ७ गते दुवईबाट फर्किएका थिए ।

तपाईको प्रतिक्रिया