चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ७७ सवारीलाई होल्ड कारबाही गरिएको छ ।

मंगलबार चितवनमा २२औँ दिनको लकडाउन उल्लंघन गर्ने ५६ मोटरसाइकल, १७ स्कुटर, २ भ्यान र २ साइकललाई नियन्त्रणमा लिएर होल्ड गराई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका उनीहरुलाई सम्झाइ बुझाइ गरी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कने सर्तमा छाडिएको साँझ ७ः३० बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए ।

सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन वैशाख ३ गते सकिँदैछ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन १२ दिन थप गरी वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया