चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ११ स्थित चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार बुधबार बिहान ११ः१५ बजेको समयमा निकुञ्जमा निगुरो टिप्न जाँदा कालिका नगरपालिका १ पदमपुरका ४५ वर्षीय सागर थापा मगर र सोही ठाउँकी ५० वर्षीया सानुमाया थापा मगर बाघको आाक्रमणबाट घाइते भएका हुन् ।
घाइतेहरुको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र निजहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।












