चितवन । सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्ने सात मानिससहित १८६ सवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले होल्ड कारबाही गरेको छ ।

लकडाउनको २३ औं दिन बुधबार चितवनमा २९ मोटरसाइकल, ६ स्कुटी, एक बलेरो, एक ट्याक्टर, एक साइकल र १४८ मोटरसाइकल तथा स्कुटीको चाबी नियन्त्रणमा लिई बेलुकी ७ः३० बजेपछि सम्झाइ बुझाइ छाडिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सात जना पुरुषलाई पनि लकडाउन अवधिभर अत्यावश्यक कामबाहेर घर बाहिर ननिस्किने सर्तमा छाडिएको प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया