चितवन । कारागार कार्यालय भरतपुर, चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।

लागूऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको आज राति मृत्यु भएको हो ।

अर्बुद रोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट चितवन पठाइएको थियो ।

पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया