चितवन । रत्ननगर-२ मा मुख्य कार्यालय रहेको युनिक साकोसले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आफ्ना सदस्य तथा समुदायका लागि दुई हजार पिस माक्स वितरण गरेको छ ।

साकोसको चैत २८ गते बसेको सञ्चालक समितिको १५१औँ बैठकले संस्थाका उपाध्यक्ष प्रेमकृष्ण खनालको संयोजकत्वमा सञ्चालकहरु सुरेन्द्रनाथ रेग्मी, चन्द्रिका महत के.सी. र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेसहित चार सदस्यीय कोरोना महामारी जोखिम व्यवस्थापन तथा सेवा सञ्चालन उपसमिति गठन गरेका थियो ।

उक्त उपसमितिको वैशाख ४ गतेको अनलाइन बैठकको निर्णयअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा रहेको सामाजिक हित कोषबाट स्थानीय निकायस्तरीय कोरोना रोकथाम नियन्त्रण, उपचार तथा राहत कोषमा रकम तथा जिन्सी उपलब्ध गराउने निर्णय गरेको छ ।

जसमा रत्ननगर नगरपालिकाको कोषलाई एक लाख एक हजारबराबरको खाद्यान्न, कालिका नगरपालिकाको कोषलाई ५१ हजार, संस्थाको कार्यालय रहेको राप्ती नगरपालिका र भरतपुर महानगरलाई प्रतिनिकाय २५ हजारका दरले गरी कुल दुई लाख दुई हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया