चितवन । चितवनमा शुक्रबार २५औँ दिनको लकडाउन उल्लंघन गर्ने २२ व्यक्ति र १३३ सवारी साधनलाई कारबाही गरिएको छ ।
उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट बेलुकी ६ः३० बजेसम्म नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारी साधनलाई होल्ड कारबाही गरी छाडिएको हो ।
प्रहरीले ५ मोटरसाइकल, ३ स्कुटर, एक एम्बुलेन्स र एक ट्रयाक्टरलाई होल्ड कारबाही गरेको जनाएको छ । त्यस्तै, मोटरसाइकल र स्कुटरका गरी १२३ थान चाबी पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुलाई लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर नहिँड्ने सर्तमा सम्झाइ बुझाइ गरी छाडिएको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।














