चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ५९ सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दुई मोटरसाइकल तथा ५७ थान मोटरसाइकल तथा स्कुटरको चापी नियन्त्रणमा लिई बेलुकी ७ः३० बजे छाडिएको हो ।

लकडाउनको आज २७औँ दिनमा आइपुग्दा पैदलयात्री भने पक्राउ गरेका छैनन् । प्रहरीले लकडाउन कडा पारेपछि सर्वसाधारणहरु बिनाकाम घर बाहिर निस्कन छाडेका छन् ।

तपाईको प्रतिक्रिया