मेलम्ची । सिन्धुपाल्चोकका विभिन्न पाँच स्थानीय तहले काठमाडौँ वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरेका हुन् ।

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले अन्य ठाउँमा समस्यामा परेकालाई नगरपालिकाले सुरक्षित रुपमा ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षणपछि घरसम्म पु¥याउने भएकाले अलपत्र परेका पालिकावसीलाई सम्पर्क गर्न आग्रह गरे ।

उल्लङघन गर्नेलाई कारबाही

सिन्धुपाल्चोकमा लकडाउनको उल्लङ्घन गर्नेलाई प्रहरीले कारबाही तीव्र बनाएको छ । हिजो चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा लिई डेढ घण्टा टुँडिखेलमा उभ्याइएको र सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया