चितवन । साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारले कोरोना राहत कोषमा रु ५५ हजार सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष नरबहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीताकुमारी गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को जोखिमबाट बच्नका लागि गरिएको लकडाउनपछि दैनिक ज्यालादारी र विपन्न वर्गलाई दैनिक छाक टार्न गाह्रो भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्वको बहन गर्दै कोरोना कोषमा आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष नेपालले बताए ।

गाउँपालिका अध्यक्ष गुरुङले धन्यवाद दिँदै सबै एकजुट भएर लागे कोरोनाबाट बच्न सकिने बताएकी छन् ।

तपाईको प्रतिक्रिया