चितवन । लियो क्लब अफ चितवन पर्साको अध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् । शुक्रबार भएको क्लबको चौंथो अधिवेशनबाट वर्ष २०२० र २१ का लागि नयाँ समिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा नितिन बस्नेत, सचिवमा अनिशा सुवेदी र कोषाध्यक्षमा रोशन तिवारी चयन भएका छन् ।

हाल विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा लकडाउनको नियम पालना गर्दै अनलाइन भिडियोबाट अधिवेशन गरिएको र बाँकी समिति कार्यकाल सुरुवातसँगै चयन हुने निवार्चन अधिकृत रुपेश भट्टले जानकारी दिए ।

२०१९ र २० का हालका क्लबका अध्यक्ष नमराज लामिछाने र पूर्वअध्यक्ष अञ्जन चौधरीद्वारा नयाँ समितिलाई कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

साथै, निर्वाचित अध्यक्षले कोभिड १९ अर्थात कोरोना भाइरसबाट सावधानीको उपाय अपनाउन र घरमा बसेर सुरक्षित रहन सम्पूर्णमा आग्रह गर्दै छिटो यो रोगको अन्त्य होस् भनेर शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया