अजित अधिकारी
चितवन । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरस महामारीका कारण यसबाट बच्न अहिलेको अवस्थामा लकडाउन नै एकमात्र विकल्प रहेको हुँदा यस्तो विषम परिस्थितिबाट जोगिन सरकारले लकडाउनको घोषणा गरेपछि काम गरेर खाने गरिब, विपन्न, असहाय, मजदुरहरुलाई समस्या परेको छ । 
यस्तो अवस्थामा दीनदुखी गरिबहरुको समस्यालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ चितवन र उद्योग वाणिज्य संघ माडीको आयोजनामा माडीमा रहेका गरिब, विपन्न असहाय परिवारहरुका लागि माडी नगरपालिकालाई ३६ बोरा चामल, ३० किलोको दरले १० क्विन्टल ८० किलो चामल माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकाललाई उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यद्वारा उक्त राहत खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।
सो राहत सामग्री हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकाल उपप्रमुख ताराकुमारी काजी महतो, राहत विपद् व्यवस्थापन समितिका संयोजक भागिरथ बस्याल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।















