-केशव तिवारी ‘घायल’ 
गैँडाकोट । लकडाउनका कारण विगत लामो समयदेखि गैँडाकोटस्थित आफन्तको घरमा रोकिएर रहेका बाग्लुङ्ग पर्वतका स्थानीयलाई वैशाख ११ गते गैँडाकोट नगरपालिकाको समन्वयमा सुन्दर हरियाली अभियान गैँडाकोटले सहयोग गरी गन्तव्यमा पठाइएको थियो ।

त्यतिबेला नगरपालिकाले पर्याप्त सूचना जारी नगरेको र सोही ठाउँका अधिकांश वासिन्दाहरु गन्तव्यसम्म जान नपाएको व्यापक जनगुनासो आएपछि पुनः गैँडाकोट नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष नवराज कँडेलको संयोजकत्वमा यात्रुहरु आफैँले खर्च बेहोर्ने गरी गन्तव्यतर्फ पठाइएको हो ।

नगरपालिका परिसरबाट आइतबार साँझ ७ बजे छुटेका दुई बस यसअघि जस्तै चितवन, तनहुँ र कास्की हुँदै जानेछन् भने बसमा सवार सबै यात्रुहरुलाई मास्क, ग्लोब र सेनिटाइजर प्रयोग अनिवार्य गरिएको थियो ।

आज साँझ छुटेका बसले सोमबार बिहान ५ बजेसम्ममा सबै यात्रुहरुलाई गन्तव्यसम्म पुर्‍याइसक्ने छ ।

तपाईको प्रतिक्रिया