-अजित अधिकारी
वीरगञ्ज । लकडाउनको कारण रोकिएको सडक निर्माण कार्य वीरगञ्जमा कालिका कन्स्ट्रक्सनले मजदुरहरुबीच सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ सुरु गर्नुपर्ने माग नगरवासीको छ ।

एडिबिको सहयोगमा वीरगञ्ज महानगरको विभिन्न क्षेत्रमा हुँदै आएको ढल तथा सडक विस्तार आयोजना लकडाउनको कारण झण्डै डेढ महिनादेखि अलपत्र हुँदा अब आउने वर्षायाममा वीरगञ्जमा नगरवासीले ठूलो सास्ती व्यहोर्नुपर्ने देखिएको छ ।

यस्तो अवस्थामा कालिका कन्स्ट्रक्सनले जसरी काठमाडौँ, पोखरा, नारायणगढलगायतका क्षेत्रमा सडकहरुलाई सिंगार्ने तथा मर्मत सम्भार गर्ने काम भइरहेको छ, त्यसरी नै वीरगञ्जमा पनि वाइपास, रेल्वे रोड, लिंकरोड, पिपरा रोडको काम बर्खांअगाडि नै सक्नुपर्ने माग नगरवासीले गरेका छन् ।

यतिखेर सडकमा भीडभाड नहुने र काम गर्न पनि सजिलो हुने हुँदा निर्माण कम्पनीले तत्काल काम सुरु गर्नुपर्ने माग नगरवासीले गरेका छन् ।

तपाईको प्रतिक्रिया