नवलपरासी । ब्राउन सुगर र अन्य लागूऔषधको कारोवारमा संलग्न एक जनालाई पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित सरावल गाउँपालिका, भुजहवा नाकाबाट पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकुमार उपाध्यायलाई पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागूऔषध ल्याइँदै गर्दा उपाध्यायलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर नवलपरासीका उपरीक्षक भरत खनियाँले जानकारी दिए ।















