-केशव तिवारी ‘घायल’
गैँडाकोट । लायन्स क्लब अफ मौलाकालिका गैँडाकोटले कुमारी मार्केटिङद्वारा प्राप्त गरेको ३० कार्टुन इनर्जी ड्रिङ्ग्स नेस क्याफे र नेस टी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नं ५ का वडाध्यक्ष नवराज कँडेलको रोहवरमा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
लकडाउनका बेला गैँडाकोट नगरपालिकाभित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुका लागि उक्त इनर्जी ड्रिङ्ग्स राज्यले निर्धारण गरेको एकद्वार प्रणालीमार्फत वितरण गर्नका लागि नगर प्रमुखको रोहवरमा वितरण गरिएको लायन्स क्लब अफ मौलाकालिका गैँडाकोटका अध्यक्ष दयासागर सुवेदीले बताए ।
गैँडाकोट नगरपालिकाभित्र अहोरात्र सेवा दिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई उक्त इनर्जी ड्रिङ्ग्स नगरपालिका परिसरबाट नै वितरण गरिएको थियो भने उपस्थित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुले लायन्स क्लब अफ मौलाकालिका गैँडाकोटलाई इनर्जी ड्रिङ्ग्स उपलब्ध गराएर यो विपतको समयमा अझ सेवा गर्न हौसला थपिदिएकोमा धन्यवादसमेत व्यक्त गरेका थिए ।












