चितवन । लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा युवा उद्यमी, व्यवसायी एवं लोकमान एण्ड सन्सका सञ्चालक निलेनमान शाक्य चयन भएका छन् ।
क्लबको मंगलबार सम्पन्न १३औँ अधिवेशनले शाक्यलाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा अस्मिन घिमिरे, द्वितीय उपाध्यक्षमा कमलबहादुर पौडेल, तृतीय उपाध्यक्षमा विक्रम सापकोटा चयन भएका छन् ।
यस्तै, क्लबको सचिवमा शोभाकर अधिकारी र कोषाध्यक्षमा सुदर्शन पौडेल चयन भएका छन् ।
अन्य पदाधिकारी र सदस्यहरु भने पछि चयन गर्दै लगिने नवनिर्वाचित अध्यक्ष शाक्यले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण जारी लकडाउनलाई मध्यनजर गर्दै अनलाइनबाट नै अधिवेशन गरिएको उनले बताए ।
अध्यक्ष भएसँगै सबैसंँग समन्वय गरी क्लबलाई उचाइमा पुर्याउने शाक्यको भनाइ छ । शाक्य विभिन्न सामाजिक संस्थालगायत अन्य संस्थामा समेत सक्रिय हुँदै आएका छन् ।















