चितवन । लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन भएका छन् । आज भएको क्लबको चौंथो अधिवेशनबाट वर्ष २०२०/२१ का लागि नयाँ समिति चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा कबिर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा विकास अर्याल, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजु चौधरी र कोषाध्यक्षमा सुदन गिरी चयन भएका छन् ।

हाल विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा लकडाउनको नियम पालना गर्दै अनलाइन भिडियोबाट अधिवेशन गरिएको क्लबका अध्यक्ष धनवीर चौधरीले जानकारी दिए ।

२०१८/१९ का लियो क्लब अफ चितवन पर्साका पूर्वअध्यक्ष रुपेश भट्टद्वारा नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

निर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिबद्धता जनाए । साथै उनले कोरोना भाइरसबाट बच्न सावधानीको उपाय अपनाउन र सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गरी घरमा नै सुरक्षित रहनसमेत सम्पूर्णमा आग्रह गरे ।

तपाईको प्रतिक्रिया