
चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामग्री प्रदान गरेको छ ।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सामग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए ।
उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लोब्स, दुई सय थान सर्जिकल मास्क, प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराइने उनले बताए ।
यस्तै, लक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३०० थान कपडाको मास्क प्रदान गरेको थियो ।