चितवन । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री दिएको छ । क्रियाशील पत्रकारको लागि कोरोना भाइरसको जोखिमबाट सुरक्षित राख्न प्रेस संगठनले मास्क, सेनिटाइजरलगायतका सामग्री उपलव्ध गराएको हो ।

संगठनका जिल्ला संयोजक प्रकाश ज्ञवालीलगायतको टोलीले स्वास्थ्य सामग्री महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडालगायतका टोलीलाई हस्तान्तरण गरेका थिए ।

नेकपाका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद् कृष्ण खनालले संगठनलाई उपलव्ध गराएको स्वास्थ्य सामग्री नै पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हो । महासंघलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही परिमाणमा सेनिटाईजर छ ।

संगठनका जिल्ला संयोजक प्रकाश ज्ञवाली र सह-संयोजक तीर्थ नेपालले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायण अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरे ।

 

तपाईको प्रतिक्रिया