काठमाडौँ । प्रदेश नं ५ को भेरी अस्पतालस्थित नेपालगञ्जको प्रयोगशालामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नौ जनामा कोरोना संक्रमण भएको थियो ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका ९० जनाको ट्रेसिङ गरी स्वाब संकलन गरी नमुना प्रयोगशालमा परीक्षण गरिएकोमा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससहित नेपालमा कोरोना संक्रमित ७५ जना पुगेका छन् , जसमध्ये १६ जना निको भएका छन् ।












