चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ८ स्थित पूर्वपश्चिम राजमार्गको चैनपुर चोकमा आइतबार बेलुकी ७ः३५ बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ ।
भण्डाराबाट टाँडीतर्फ जाँदै गरेको ग१क २१९६ नं को ट्रकले बाटो क्रस गर्नेक्रममा ना२७ प ५८१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी ८ का ६३ वर्षीय कुलानन्द भण्डारी गम्भीर घाइते भई पुरानो मेडिकल कलेजमा पठाइएकोमा मोटरसाइकल चालक भण्डारीको ८ः२० मा मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।














