चितवन । विगत केही वर्षबाट स्थापित केबल प्रदायक संस्था सिम टिभी नेपालले अनलाइन कक्षा सुरु गर्न थालेको छ । लामो समयको लकडाउनका कारण विद्यार्थीलाई घरबाट नै अध्ययन, अध्यापन गराउने उद्देश्यले अनलाइन कक्षा सुरु गरिएको हो ।

हाल सिम टिभीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको लागि अनलाइन कक्षा सुरू गरेको छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरुमा पठनपाठनमा अवरोध भएकोले र लकडाउन थपिन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनलाइन कक्षा सुरु गरेको एस्किना केबल नेटवर्क प्रालिका प्रबन्धक निर्देशक दीपक अधिकारीले जानकारी दिए ।

सिम टिभीले हाल मकवानपुर, नवलपुर, चितवनलगायतका जिल्लामा सेवा प्रदान गर्दै आएको छ । सोहीअनुसार ती जिल्लाहरुका विद्यार्थीले अनलाइन कक्षा लिन सक्नेछन् । अधिकारीका अनुसार सिम टिभीबाट कक्षा ४ देखि कक्षा १० सम्म घरमै बसेर अनलाइन कक्षा हेर्न सकिने छ ।

‘लकडाउनले गर्दा विद्यार्थीको भविष्यलाई समेत असर पर्ने भएकोले हामीले उत्तरदायित्व निभाएका हौँ ।’ प्रबन्ध निर्देशक अधिकारीले भने । कम्पनीले च्यानल नं ००१०७ मा जुनियर, ०११५ मा राइम्स र ०१०११७ मा अनलाइन कक्षा दिइरहेको जानकारी दिएको छ । उनले केही प्राविधिक समस्या भए कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया