चितवन । नेकपा (विप्लव समूह)का दुई नेतालाई चितवन प्रहरीले राज्यविरूद्धको अपराध कसुरमा मुद्दा चलाएको छ । बुधबार म्याद थप भई अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

नेता अनिल शर्मा विरही र दुर्गा सुवेदीविरूद्ध मुद्दा चलाइएको प्रहरीको भनाइ छ । रत्ननगर नगरपालिका वडा नं–५, झुवानीस्थित घरमै रहेको अवस्थामा वैशाख २३ गते बिहान लडेर घाइते भई उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रहेको प्रहरीले थाहा पाएपछि नियन्त्रणमा लिएको थियो । उनको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । विरही नेकपा (विप्लव समूह)का पोलिटब्युरो सदस्य हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका चितवनका सेक्रेटरी विजय शर्मा नामबाट परिचित दुर्गा सुवेदीलाई चितवन प्रहरीले वैशाख २३ गते पक्राउ गरेको हो । सुवेदीलाई भरतपुर महानगरपालिका–११, बसेनीस्थित घरबाटै पक्राउ गरिएको हो । उनी हाल चितवन प्रहरीको हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया