विराटनगर। प्रदेश १ सँग जोडिएको सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ मा १८ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया