चितवन । पूर्वी चितवनको रत्ननगर–६, स्थित बछौलीमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले आयोजना गरेको सो कार्यक्रममा ६ महिलासहित ४४ जनाले रक्तदान गरेको उपशाखा सभापति सुवास विडारीले जानकारी दिए ।
सो कार्यक्रमको वडा नं–६ का वडाध्यक्ष बलराम दाहालले उद्घाटन गरेका थिए । लकडाउनको समयमा जिल्लामा हुन सक्ने रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको उपशाखा सभापति विडारीले बताए ।
अहिलेको विषम परिस्थितिमा सबै स्वस्थ मानिसले रक्तदान गरी आवश्यक परेकालाई जीवनदान दिन पनि उनले आग्रह गरेका छन् ।














