अजित अधिकारी
चितवन । सत्तारुढ दल नेकपा विद्यार्थी संगठन एवंम् साबिक अखिल कान्तिकारी माडी क्याम्पसका अध्यक्ष पदम पन्तले कोरोना महामारीको संकटको बेला भारतीय विस्तारवादीहरुले नेपालको भूमिमाथि लगाएको गिद्वेनजर कुनै हालतमा सहय नहुने बताएका छन् ।

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको सन्त्रास र यसबाट अकालमा विभिन्न देशका जनतहरुले अकालमा ज्यान गुमाइरहेको अवस्थामा यो विषम परिस्थितिमा सबै मिलेर रोगका विरुद्ध लड्न र गरिब तथा विपन्न परिवारको लागि खानाको व्यवस्था गरी मानवीयता देखाउनुपर्नेमा उल्टै भारतले दानवीयता प्रदर्शन गरेको आरोप लगाए ।

उनले देश र जनताको सेवा गर्नुपर्ने बेलामा एक देशले अर्को देशको सीमा मिच्नु कुठाराघात भएको बताए । यसतर्फ तत्काल नेपाल सरकारले आफ्नो देशको भूमि मिचिएकोप्रति भारतीय सरकारलाई ध्यानाकर्षण गराउनसमेत आग्रह गरे । पटकपटक नेपालको सीमा मिच्ने तथा सिमामा आफ्नो सेना राखी नेपाल र नेपाली जनताको विरुद्धमा भारतीय सरकारले चालेको तानाशाही प्रवृत्तिप्रति युवा नेता पन्तले आक्रोश पोखे ।

यस विषयमा नेपाल सरकारले नेपाली जनतालाई नै झुट बोलेकोप्रति उनको आपत्ति थियो । निरन्तररुपमा नेपाली भूमि अतिक्रमण नरोकिए भारतीय विस्तारवादविरुद्धमा कुनै पनि कदम चाल्न पछि नहट्ने उनले चेतावनी दिए ।

उनले चीनका सञ्चारमाध्यमहरुले नेपालमा रहेको सगरमाथा हाम्रो हो भनेर प्रचार गरेकोप्रति पनि घोर भत्र्सना गरे । यस्तो अवस्थामा छिमेकीको तानाशाही प्रवृत्ति हाबी भएको भन्दै यसका विरुद्धमा आफ्नो देशको सीमा सुरक्षाको लागि लड्न सबै युवाहरुलाई पन्तले आग्रह गरे ।

तपाईको प्रतिक्रिया