चितवन । भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेसको भातृसंघको आह्वान्मा रत्ननगर नगरपरिक्रमा गरी सौराहाचोकमा विरोध प्रदर्शन भएको छ ।

विरोध कार्यक्रममा नेपाल तरुणदल क्षेत्र नं २, नेपाल तरुण दल रत्ननगर, नेविसंघ क्षेत्र नं २, नेविसंघ रत्ननगर र नेविसंघ शहीद स्मृति क्याम्पस इकाइका युवा नेता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेविसंघ क्षेत्र नं २ का नेता आयूषचन्द्र श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपालको लिपुलेक, लिम्पुराधुरा, कालापानीलगायतका भूभाग भारतले अतिक्रमण गरेकोमा अविलम्ब फिर्ता गर्न माग गरिएको थियो । विभिन्न पर्चा पम्प्लेटमार्फत् विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया