चितवन । अनेरास्ववियु जिल्ला कमिटी चितवनले यही जेठ १ गते जनआदर्श बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा गर्ने भनिएको रक्तदान कार्यक्रम नगर्न नगराउन साविक अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ ।
साविक अनेरास्ववियु (क्रान्तिकारी)का क्याम्पस कमिटी अध्यक्ष जयराम गोतामे र साविक अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष जयराम बाँस्कोटाले संयुक्त विज्ञप्तिमार्फत् क्याम्पस राप्ती ७ मा अवस्थित रहेको र राप्ती ८ मा कोरोना संक्रमण देखिएबाट सिमानामा पर्ने क्याम्पसमा रक्तदान कार्यक्रम गर्दा सो क्षेत्रमा पुनः कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै रक्तदान कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।
क्याम्पस प्रशासनले ककोरोना संक्रमणको उच्च जोखिमका बीच क्याम्पस कमिटीलाई बेवास्ता गर्दै रक्तदान गर्नै अनुमति दिएको खण्डमा सम्भावित जोखिमको जिम्मेवार अनेरास्ववियु जिल्ला कमिटी चितवन र क्याम्पस प्रशासन हुने पनि विज्ञप्तिमा जनाइएको छ ।
क्याम्पस प्रशासनले क्याम्पस कमिटीसँग छलफल नगरी स्थान उपलब्ध गराएमा कमिटी आन्दोलित हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।











