काठमाडौँ । नेपालमा थप पाँच जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २४५ पुगेको छ । सर्लाही, धनुषा र महोत्तरीमा थप दुईजना कोरोना संक्रमित फेला परेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । सर्लाही धान्कौली, धनुषा जनकपुर र महोत्तरीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । मन्त्रालयले संक्रमितको संख्या २५० पुगेको जनाएकोमा ५ जना पुनः रिपोर्टिङ भएको भन्दै विवरण सच्याएको छ ।












