चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरीले लकडाउनमा कडाइ गर्ने भएको छ । सरकारले लागू गरेको लकडाउन कार्यान्वयन गर्न प्रहरीले चौबीसैघन्टा पैदल तथा मोबाइल गस्ती, चेक प्वाइन्ट, पिकेटलगायतको कामका लागि ७५० भन्दा बढी प्रहरी कर्मचारीहरु खटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कोरोना भाइरसको महामारीको यस विषम परिस्थितिमा प्रहरीले अत्यावश्यक कामबाहेक पैदल वा सवारीसाधन प्रयोग गरी घर नबाहिर सबैसँग अनुरोध गरेको छ । कोरोनाको जोखिमलाई ख्याल राखी अतिरिक्त प्रहरीको चेकजाँचमा सहयोग गरिदिन पनि आह्वान गरिएको छ ।

साथै, अत्यावश्यक बस्तु तथा सेवा सञ्चालन गर्ने सेवा प्रदायक संघसंस्था एवं व्यापारिक प्रतिष्ठानहरुमा संक्रमणविरुद्ध सावधानी अपनाइएकोबारे प्रहरीद्वारा भैरहेको नियमित अनुगमनमा सहयोग गरिदिनसमेत प्रहरीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया