काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबार बिहान नौ जना थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २५८ पुगेको छ । आज बाँके र मकवानपुरमा थप ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सो संख्या थप भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार नयाँ संक्रमित हुनेहरुमा मकवानपुरका ३७ वर्षीय एक पुरुष र बाँके नैनापुर वडा नं १, ३ र ५ नम्बर वडाका १८ वर्षदेखि ३६ वर्षसम्मका आठ पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया