काठमाडौँ । नेपालमा शनिबार दुई नेपाली सेनाका जवानसहित ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय दुई पुरुषमा कारोना संक्रमण देखिएको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २७८ पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको पुष्टि गरेका थिए ।

यसअघि पूर्वी चितवनको राप्ती नगरपालिका १ गड्यौली निवासी २५ वर्षीया महिला, बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

मनत्रालयका अनुसार हालसम्म ३६ जना निको भई घर फर्किएका छन् । आज पुष्टि भएका संक्रमितको स्वस्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया