काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी राख्ने भएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । सरकारले थप गरेको पछिल्लो लकडाउन भोलि सोमबार सकिँदै थियो ।

आइतबार बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिले लकडाउन थप १५ दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।

आइतबार कोरोना संक्रमणका कारण बाँकेका २६ वर्षीय युवकको मृत्यु भएपछि सरकारले लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

यसअघि हिजो शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आइतबार लकडाउनको ५५औं दिन हो । पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन् । आइतबार बेलुकी अद्यावधिक गरिएको विवरणअनुसार कोरोना भाइरसबाट २९५ संक्रमण देखिएको छ ।

जसमा ३६ जना निको भएका छन् । भारतले पनि मे ३० सम्म लकडाउन जारी राखेको छ ।

तपाईको प्रतिक्रिया