काठमाडौँ । नेपालमा सोमबार बिहान रौतहट र बारा जिल्लामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा आठ र बाराको करैयामाईंमा एक जना गरी नौ जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका वडा नं २, ३, ६, र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ का २८ वर्षीया एक महिला र बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३०४ पुगेको छ । नेपालमा हालसम्म दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया