काठमाडौँ । नेपालमा थप १८ जनामा कोरोना भाइरसका संक्रमित थप भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार धनुषामा २ जना पुरुष, खोटाङ हलेसीका १ पुरुष, सुनसरीका १ पुरुष, नरैनापुरका १२ पुरुषहरु, दैलेखको आठबीस १ का १ पुरुष र झापाका १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि सोमबार बिहानै नौ जना र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए । सोमबार दिउँसो बाँकेका ४६ महिना र एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

यससँगै सोमबारमात्रै कोरोना भाइरसका ८० संक्रमित देखिएका छन् । अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया