चितवन । पूर्वी चितवनको सौराहाचोकस्थित गंगाप्लाजामा रहेको सगरमाथा मोबाइल पसलमा मंगलबार राति चोरी भएको छ ।

चोरले नयाँ र पुराना गरी करिब ५५ ६० वटा मोबाइलसहित नगद र रिचार्ज कार्ड चोरी भएको सगरमाथा मोबाइलका सञ्चालक शंकर पौडेलले दाबी गरेका छन् ।

पसलमा मर्मतका लागि आएका एप्पलको आइफोनलगायत मोबाइल चोरी भएका छन् । अनुमानित २० लाख बराबरको चोरी भएको पौडेलको दाबी छ ।

मोबाइल पसल चोरी भएको पसलमा रहेको सिसि क्यामेरामा देखिएको छ । सिसिटिभी फुटेजमा अन्दाजी १९ वर्षका देखिने तराईमुलका व्यक्तिले सटरको माथिल्लो भागबाट प्रवेश गरी जिप्सन काटेर पसलभित्र प्रवेश गरेको देखिन्छ । चोरले करिब एक घन्टाको समय बिताएर छानी छानी सामान चोरी गरेको सिसिक्यामेरामा देखिएको छ ।

रत्ननगरमा पछिल्लो समय चोरीको घटना बढ्नु गम्भीर भएको भन्दै यसप्रति प्रशासनले हर तरहबाट अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया