रुपन्देही । रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको
संख्या ४१५ पुगेको छ ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना देखापरेको हो । प्रयोगशालाका अनुसार संक्रमित हुनेमा १२ जना कपिलवस्तुका र एक जना रुपन्देहीका युवक रहेका छन् ।
रुपन्देहीको बेलहिया नाका भएर नेपाल आएका प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो ।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने विवरण सार्वजनिक गरिसकेको छैन ।











