काठमाडोँ । नेपालमा बिहीबार झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नं ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका छन् ।

यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरका ५१ वर्षीया महिलामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ अन्तर्गत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित भेटिएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया