चितवन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत कोरोना भाइरस (कोभिड–१९) बिमा गराएको छ ।

७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत आफ्ना २ लाख १० हजारभन्दा बढी सदस्यहरुलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्न कटिबद्व रहेका कर्मचारीहरुको सम्भावित जोखिम र यसबाट हुनसक्ने प्रभावलाई ख्याल गरी कोरोना भाइरस (कोभिड–१९) बिमा गरिएको संस्थाले जानकारी दिएको छ ।

उक्त बिमालेखमा वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाइरसको (कोभिड–१९) पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएमा इन्स्योरेन्स कम्पनीले तोकिएबमोजिमको रकम क्षतिपूर्तिवापत उपलब्ध गराउने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया