काठमाडौँ । शनिबार काठमाडौँसहित छ जिल्लाका ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा संक्रमण देखिएको बताए ।

उनका अनुसार नयाँ संक्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् ।

सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् ।

यसैगरी नयाँ सङ्क्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महानगर वडा नं ६ का ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए ।

शनिबार भेटिएकासहित कुल संक्रमितको संख्या ५४८ पुगेको छ । शुक्रबारमात्रै ५९ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ भने ७० जना पूर्णरूपमा निको भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया