चितवन । चितवनमा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ ।
भीषण हावाहुरी र पानीको कारण रुख ढलेर च्यापिँदा भरतपुर महानगर १२ का २९ वर्षीय रामबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रुखले च्यापिएर गम्भीर घाइते भएका विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
रुखले लागेर वर्ष ३४ का सुरेश विश्वकर्मा, वर्ष ३६ का दीपक कुमाल, वर्ष ३१ का प्रदीप शर्मा र ट्याक्टर चालक वर्ष २६ का शम्भु खड्का घाइते भएका छन् । भरतपुर महानगर १ स्थित आँपटारी देवघाट सडकखण्डमा रुख ढलेर उनीहरुलाई लागेको थियो । उनीहरु ओत लागेर बसेको ना ३ त ३४२३ नम्बरको ट्रयाक्टरमाथि रुख ढलेको थियो ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सडक मर्मत गर्ने मजदुर रहेको बताइएको छ ।