चितवन । चितवनको भरतपुरस्थित भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । निमोनियाबाट ग्रसित पुरुषमा कोरोना भाइरसको आशंका गरिएको छ ।

मृत्यु हुनेमा नवलपरासी रामग्राम–७ निवासी ४८ वर्षीय पुरुष रहेको भरतपुर अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार निज पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर अस्पताल रेफर गरेको थियो ।

आइतबार राति साढे १२ बजे अस्पताल ल्याइएका ती पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो । उनको स्वाब परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ ।

तपाईको प्रतिक्रिया