काठमाडौँ । कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा भारतबाट फर्किएकामध्ये थप १२ जनामा कोरोना देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित आठ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

वीरेन्द्रनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडा नम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडा नम्बर ३ मा ४६ वर्षका पुरुष र वडा नम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

यसैगरी, पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया